धनुषामा दर्जनौं विद्युत चोर प्रहरी फन्दामा


जनकपुरधाम, २३ कार्तिक । हुकिङ्ग गरी विद्युत चोरी गर्ने झण्डै एक दर्जन व्यक्तिलाई धनुषाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण तथा नेपाल प्रहरीको टोलीले उनीहरुलाई विद्युत चोरी गरिरहेकै अवस्थामा शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिनियाँ गाउँपालिका १ बस्ने अरुणकुमार यादव, श्याम यादव, जनकपुर २३ बेला बस्ने रामाशिष मुखिया, लक्ष्मी मुखिया, श्रवण सदा, इन्द्र राउत, सुरजप्रताप साह रहेका छन् ।

यस्तै जनकपुर १२ बस्ने सुरजप्रताप साह, जनकपुर ४ बस्ने सुनिल ठाकुर, महेश साह र ललित साह तथा जनकपुर ७ बस्ने गोबिन्द साहलाई समेत पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण जनकपुरधाम बितरण केन्द्र प्रमुख रामप्रमोद साहले जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०१:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ