प्रदेश २ नेपालमै छ भन्‍नेमा शंका लाग्यो : मुख्यमन्‍त्री राउत


जनकपुरधाम, २३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश २ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन् ।

‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश २ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका लाग्यो, एउटा प्रदेशलाई काखा र अर्को प्रदेशलाई पाखा लगाउने काम भयो ।’

नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले देश भौगोलिक रूपमा एकीकरण भए पनि भावनात्मक रूपमा एकीकरण हुन नसकेकाले द्वन्द्वको अवस्थाको निम्तिएको बताए ।

देशको अन्य सबै प्रदेशमा एक पार्टीको सरकार र प्रदेश २ मा मात्रै फरक पार्टीको सरकार रहेकाले संघ सरकारले यहाँको सरकारलाई समान व्यवहार गर्न नसकेको आरोप उनको छ ।

मुख्यमन्त्री राउतले बजेट उपलब्ध गराउनेदेखि अन्य सुविधाका विषयमा प्रदेश २ सरकारसँग फरक व्यवहार भएको गुनासो गरे । – अन्नपूर्ण पोष्ट अनलाइन

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ