महानायक राजेश हमाल जब धोती र कुर्तामा देखिए…


वीरगंज, २३ कार्तिक । वीरगंजमा शुक्रवार साँझ ‘सप्तरंग २’को सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। जसमा मुख्य आकर्षणको रुपमा महानायक राजेश हमाल देखिए। राजेश सेतो कुर्ता, धोती र गम्छामा सजिएर कार्यक्रममा सहभागी भएका थिए ।

उनले साच्चैको राष्ट्रियता र विविधताबीच एकताको सन्देश आफनो पहिरनबाट दिन खोजेको देखिन्थ्यो । गायक प्रकाश सपुतको ‘गलबन्दी च्यातियो’ बोलको गीतमा पनि उनको बेजोड नृत्य र प्रस्तुतिको दर्शकले मजा लिन पाए । राजेशले दर्शकको माझमा पनि पुगेर आफना फ्यानसँग हात मिलाउँदै रमाइलो पनि गरेका थिए ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सांगीतिक कार्यक्रमले मुलुकका विभिन्न प्रदेशमा बसोबास गर्ने जनतालाई एकताको सुत्रमा बाँध्न सहयोग पुर्‍याएको बताए ।

वीरगंजमा लगातार आयोजित सांगीतिक कार्यक्रमले कलाकर्मीहरुलाई वीरगंजप्रति आकर्षित गरेकोमा खुशी व्यक्त गरे । उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका नगर अध्यक्ष रहबर अन्सारी, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल लगायतकाको प्रस्तुति रहेको थियो ।

यसैबीच, वीरगंजमा २ महिना अघि एसिड प्रहारबाट घाइते भई हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारत मुस्कान खातुनलाई स्कुटी प्रदान गरिएको छ । स्कुटीको साँचो महानायक राजेश हमालले मुस्कानका बुवालाई प्रदान गरेका थिए ।

  • पहिलोपोष्टबाट
प्रकाशित : २०७६ कार्तिक २३, शनिबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ