जनकपुरधामका धार्मिक स्थल प्रचारक स्थल बन्दै


जनकपुरधाम, २४ कार्तिक । जनकपुरधाम धार्मिक पर्यटकीय स्थल हो । यहाँ हिन्दुधर्मावलम्बी शान्ति र मनोकामना पूर्ण हुने विश्वासका साथ आउने गर्दछ । तर विश्वप्रसिद्ध जनकी मन्दिर, जनक मन्दिर लगायतमा राजनीतिक दल लगायतका संस्थाहरुको प्रचारका होडबाजी चलेको हो ।

जहाँ सधैं धार्मिक प्रवचन हुनुपर्ने हो त्यहाँ राजनीतिक दलका नेताहरु आक्रोश पोखिरहेको हुन्छ, समाजिक संघ स्थाहरु आ आफ्नो बैनर झुण्डिाएको हुन्छ । यस्ता नेताहरुमा सानादेखि ठूलासम्म रहेछ ।

शुक्रवार जनकपुरधाममा साहित्य महोत्सवको उद्घाटन सत्र पनि जानकी मन्दिरकै प्राङ्गणमा भएको हो । उक्त महोत्सवमा ठुल्ठूला पत्रकार, साहित्यकारदेखि लिएर नेपालको पहिल राष्टूपति डा. रामवरण यादवसम्म उपस्थित रहेका थिए । हुनतः यो कुनै नौलौ कुरा होइन, योभन्दा अघि पुष्पकमल दहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, माधव नेपाल लगायत पनि जानकी मन्दिरकै प्राङ्गणमा स्टेज बनाएर आफ्नो भाषण दिने गरेको छ ।

जनकपुरधाम धार्मिक पर्यटीय स्थल हुँदाहुँदै पनि राजनीतिक भाषण ठोक्ने अखाडाको रुपमा परिणत भएपनि जानकी मन्दिरलगायतका मठाधिशहरु मौन बसेका छन् । साहित्य महोत्सवको दृश्य हेर्दा जानकी मन्दिरको सौन्दर्यीता छेकेर मुख्यद्वारकै अगाडि बडो संख्यामा कुर्सी लगाएर विद्वतवर्गहरु बसेको छ ।

त्यस्तै जानकी मन्दिरभन्दा केही दूरीमा रहेको जनकमन्दिरको पनि अवस्था त्यो भन्दा ठूलै रहेको छ । त्यहाँ प्रत्येक दिन सामाजिक सघ संस्थादेखि लिएर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुकौ बैनर झुण्डिएता पनि सम्बन्धित निकाय मौन रहँदै आएको छ ।

जनकपुरधामको विशुद्ध रुपमा पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो भन्ने राजनीति दलका बैनरहरु हटाउनुपर्ने आवश्यकता रहेको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साह बताउँछन् । उनले जसको काँधमा जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने रहेको छ त्यो निकायबाट नै धार्मिक स्थललाई राजनीतिक स्थल बनाएमा विकास सम्भव छैन ।

– कैलास दास

प्रकाशित : २०७६ कार्तिक २४, आईतवार ०३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ