सिरहाको बरियारपट्टीमा फेरी ३ युवक नशालु ट्याब्लेट र गाँजासहित पक्राउ


लहान, २४ कार्तिक । सिरहामा लागुऔषध सहित एक भारतीय सहित तीन जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मोरङ्ग जिल्लाको शिक्ला जुंग गाउँपालिका ७ बस्ने १८ वर्षीय रोशन खडका, ३० वर्षिय गोबिन्द नेपाल र भारत विहार मधुबनी थाना लौका अञ्चल खुटौना फूलपरा धर्मौनाका का १८ वर्षिय मोहमद रियाजलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले बताएका छन् ।

प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट नाईट्रोभेट १४ पता, स्पास्मो ५ पता र गाँजा १० ग्राम सहित तीनै जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेको तीनै जनालाई ईलाका प्रहरी कार्यालय महेशपुपतार सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक २४, आईतवार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ