नेकपा प्रदेश २ सदस्य बैठाले ५ लाख ठगी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता


जनकपुरधाम, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठामाथि प्रहरीमा ठगी मुद्दा परेको छ । रौतहटका प्रदिप कुमार यादबले प्रहरीमा जागिर लगाइदिन्छु भनेर आफूसँग पाँच लाख ठगी गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।

प्रदीपले सुनिल चौरासियाको आइएमी बैंकको खाताबाट २०७२ साल माघ १० गते वीरगञ्जबाट काठमाडौं बैठालाई पैसा पठाएको दावी गरेका छन् । उनले प्रहरीमा दिएको उजुरी फाइलमा पैसा पठाएको रसिद समेत राखेको छ ।

अनुसन्धानका लागि पर्साका कालिमाइ ३ घर भएका चौरासियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लिएको बयानमा चौरासियाले पठाएको रकम बैठालाई बुझाएको बताएका छन् । उनले बैठाले आफूलाई समेत ठगेको गुनासो प्रहरी समक्ष गरे ।

प्रहरीले अनुसन्धानका लागि नेता बैठालाई पक्राउ गर्ने जनाएको छ । तर बैठा फरार छन् । पर्साका एसपी सोमेन्द्र सिंह राठौर बैठाविरुद्ध पर्याप्त प्रमाण भेटेको बताउँदै उनको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक २५, सोमबार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ