नेपालद्वारा कीर्गिस्तान पराजित


काठमाडौं, २५ कात्तिक । बंगलादेशमा जारी ‘एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।

ढाका, मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो ।नेपालले पहिलो सेट २५–१५ अंकले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५–१९ अंकले तथा तेस्रो सेट २५–२० अंकले जितेको हो ।

यसअघि, नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको थियो । जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित : २०७६ कार्तिक २५, सोमबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ