बारामा गोली हानेर लुटेराले बैंकका कर्मचारीबाट ४ लाख लुट्यो


बारा, २६ कार्तिक । बारामा गोली प्रहार गरी एक कर्मचारीबाट लुटेराले ४ लाख लुटेर फरार भएका छन् । निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्डासँग रहेको ४ लाख रुपैया लुटेको हो ।

बाराको प्रसौनी गाउँपालिकामा निर्धन बैंकको शाखा रहेको छ । उक्त शाखामा खड्का कार्यरत छन् । मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी उनीबाट ४ लाख रकम लुटेर भागेको प्रहरीले जनाए ।

फेटा गाउँपालिका २ जगतपुर टोलबाट बैंकको रकम संकलन गरेर फर्किने क्रममा कर्मचारी खड्कामाथि गोली चलाएर रकम लुटेको थियो । गोली भने खड्कालाई लागेका छैन । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार १३:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ