जनकपुरधाममा राजपाको नगर अधिवेशनमै कुटाकुट !


जनकपुरधाम, २६ कात्तिक । राष्ट्रिय जनतापार्टी नेपाल (राजपा) को नगर अधिवेशनमा मेयर पक्षधरका युवाहरुले कुटाकुट गरेका छन् ।

मंगलबार जनकपुरधाममा सुरु भएको नगर अधिवेशनमा मेयर लालकिशोर साहपक्ष धरका युवाहरुले मेयर पक्षकै नेता नगरसंयोजक बन्ने अडान लिएपछि अधिवेशनमा कुटाकुट भएको हो । अधिवेशनको बन्द सत्र सुरु भएलगत्तै मेयर साह निकटका युवाहरुले नगर संयोजकमनोनित रुपमाचयनगर्ने अडान गरेलगत्तै अन्यकार्यकर्ताहरुले नगर संयोजकनिर्वाचन पद्धतिबाट छानिने प्रस्ताव गरेका थिए । मेयर पक्षधर युवाहरुका कुरा नमानेपछि विवाद उत्पन्न भएको थियो ।

मेयर साहले भिन्दा–भिन्दै आफ्ना दुइवटा गोप्य उमेदवार राखेकाथिए । साहले एकतर्फ नगर संयोजकका उम्मेदवार वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहर अर्को तर्फ वडा नम्बर १७का तेजनारायण यादवलाइ बनाउने सेटिङमा थिए । तर अन्य कार्यकर्ताहरुले पहिले वडा कमिटि गठन भएको सुचिबुझाउन र त्यस पश्चातनगर संयोजक निर्वाचन पद्वतिबाट मात्र छान्न अडान लिएपछि मेयर पक्षधरका युवाहरुले कुटाकुट गरेर भाँडभैलो गरेकाथिए ।

भाँडभैलो पश्चातनगर अधिवेशन स्थगित गरिएको छ् । नगर संयोजकका आकांक्षीहरु भने सुदर्शन सिंह, जानिखान, सिताराम यादव, निरंजन यादव, तेजनारायण यादव लगायत रहेका छन् ।

एबिसी न्यूज

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ