जनकपुरबाट धार्मिक रथयात्रा ! हिन्दु राष्ट्र फर्काएरै छाड्ने उद्घोष


जनकपुरधाम, २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले देशमा हिन्दुराष्ट्रय फर्काएर छाड्ने उद्घोष गरेका छन् । जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरी उनले हिन्दु राष्ट्र कायम नभएसम्म संघर्ष जारी राख्ने बताएका हुन् ।

अध्यक्ष जबराले विश्वमा एक्लो हिन्दु राष्ट्र नेपाललाई तत्कालीन नेकपा एमाले र कांग्रेसले धर्मनिर्पेक्ष बनाएर पहिचान मेटेर ठूलो अपराध गरेको आरोप लगाए । उनले उनीहरूले गरेको अपराध मेटेर हिन्दु राष्ट्र पुनः स्थापित नभएसम्म संघर्ष जारी राख्ने बताए । हिन्दु राष्ट्र कायम भएको खण्डमा विश्वबाट अर्वो हिन्दु धर्मावलम्बीहरू भ्रमणका लागि यहाँ आउने समेत बताए ।

यस्तै, अर्का अध्यक्ष डा। प्रकाश चन्द्र लोहनीले जनआन्दोलन र संविधान जारी गर्ने बेलामा समेत धर्मनिपेक्ष राष्ट्र हुनुपर्ने माग नरहेपनि षड्यन्त्रपूर्वक धर्मनिपेक्ष राष्ट्र घोषणा गरिएको बताए । उनले संविधान निर्माणका लागि जनतालाई सोधिएको प्रश्नमा अधिकतर जनताले हिन्दु राष्ट्रको पक्षमा मत जाहेर गरेको र त्यो गोप्य राखेर हिन्दुराष्ट्रको अन्त्य गरिएको उनको भनाई छ ।

राप्रपा संयुक्तले भोलिदेखि जनकपुरबाट जानकी बुद्ध यथ यात्राको निकाल्ने भएको छ । हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि निकालिने भनिएको उक्त रथयात्रामा सहभागीका लागि दुवै अध्यक्ष जनकपुर आइपुगेका हुन्। रथयात्रा मंसिर ४ गते लुम्बनी पुगेर सकिनेछ ।

प्रकाशित : २०७६ कार्तिक २७, बुधबार १५:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ