ब्यूटी पार्लरको तालिमदिने नाममा लाखौं ठगी गर्ने युवक जनकपुरबाट पक्राउ


जनकपुरधाम, २९ कार्तिक । व्यूटी पार्लर र सिलाइ कटाइ सम्बन्धी तालिम दिने नाममा रकम ठग्दै हिडेका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ६ कठालका सुदिप यादव रहेका छन् ।

नेपाल कल्चर नामक संस्थाको नाममा यादबले रकम ठग्दै आएका थिए । उनले प्रदेश २ का आठै जिल्लाका कैयौं ब्यूटी पार्लरबाट तालिमको नाममा रकम उठाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उनले सिलाइ कटाइ तालिमको नाममा समेत रकम उठाएको बताइन्छ ।

पक्राउ परेका यादबले प्रदेश २ का आठै जिल्लामा समेत प्रतिनिधि राखेको स्रोतले जनाएको छ । उनले तालिम दिने नाममा कतिलाई ठगि गरेको यकिन हुन सकेका छैन । यद्दपी उनले ठूलो रकम ठगेको प्रहरीले जनाएको छ । ठगीमा यादबलाई सघाउने अन्य व्यक्तिहरुमाथि समेत प्रहरीले निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले पक्राउ परेका यादबमाथि अनुसन्धान सुरु गरिएको बताए । उनले विभिन्न व्यक्तिसँग व्यूटी पार्लरको तालिमका नाममा रकम ठगेको उजुरी आधारमा अनुसन्धान भइरहेको बताए । उनले ठगी गरेको विषयमा थप कुराहरु खुलेपछि सार्वजनिक गर्ने बताए ।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार ००:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ