जनकपुरमा डकैतलाई रंगेहात समात्ने प्रहरी नायब निरीक्षक झा सम्मानित


जनकपुरधाम, २९ कार्तिक । डकैती गरिरहेकै अवस्थामा गोली प्रहार गरी ४ डकैतलाई रंगेहात पक्राउ गरेका प्रहरी नायब निरीक्षक सन्तोष झा सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब निरीक्षक झालाई आश्विन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेर सम्मान गरेको हो । कार्यालयमा आयोजित समारोहबीच प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरी सहायक निरीक्षक झालाई नगद र कदरपत्रले सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भएका प्रहरी नायब निरीक्षक झा हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले आश्विन ९ गते जनकपुरधाम उपमहानगरपालिका ३ स्थित दिपक बजाज र अनिल अग्रवालले संचालन गरेको जानकी फर्नि्सिङ पसलमा डकैती गरिरहेका चार जना डकैतलाई पक्राउ गर्न सफल भएका थिए ।

डाँका समूहबाट कटुवा पेस्तोल १ थान, सोमा लाग्ने गोली राउण्ड २, ताल्चा काट्ने कटर १ थान, नगद ७ सय र मोवाइल बरामद भएको थियो । हाल उनीहरु प्रहरी हिरासतमा छन् ।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार ००:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ