सीमा मिचिँदा पनि सरकार मौन, नेविसंघद्वारा प्रदर्शन


काठमन्डौ,२९ कार्तिक । सीमा मिचिँदा पनि सरकार मौन बसेको भन्दै नेविसंघको प्रदर्शन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सीमा मिचिँदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा आज विरोध प्रदशन गरेको छ।

नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शन नेपालटारबाट सुरु भएर बाईपास, माछापोखरी हुँदै पुनः नेपालटारमा गएर कोण सभामा परिवर्तन भएको थियो।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी,नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामिण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल र दिपेन्द्र ढकाल लगाएतले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सीमा मिचिँदा पनि कान तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार ०४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ