सिरहामा नेकपालाई ठुलो झट्का : कर्जन्हाका वडाध्यक्षसहित सदस्य पनि राजपामा प्रवेश


सिरहा, ३० कार्तिक । सिरहाको कर्जन्हा नगरपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)लाई ठुलो झटका लागेको छ । कर्जन्हा नगरपालिका ४ मा नेकपाबाट निर्वाचित वडाध्यक्ष टेक बहादुर सिंगर वडा सदस्यलाई लिएरै राष्ट्रीय जनता पार्टी राजपामा प्रवेश गरेका छन् ।

कर्जन्हा नगरपालिका ४ मा आयोजित वडाध्यक्ष सिंगर र वडा सदस्य हिरा गिरीसहित नेकपाको सयौं कार्यकर्ता राजपामा प्रवेश गरे । त्यस्तै नेपाली काग्रेसको कर्जन्हा नगरपालिका वडा ४ को प्रत्यासी उम्मेदवार दिलीप कुमार लामासहितका कार्यकर्ताहरु समेत राजपामा प्रवेश गरेका छन् ।

उनीहरुलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पार्टीमा प्रवेश गराएका छन् । उनले नव प्रवेशीहरुलाई अविर र माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ०३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ