शिवनगरबाट पाँच थान अत्याधुनिक एसएमजी र ३९० थान गोली बरामद


दाङ, ३० कार्तिक । दाङ प्रहरीले ठूलो परिणमको अत्याधुनिक हतियार र गोली बरामद गर्न सफल भएको छ । गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर सीमा क्षेत्रमा रहेका खाली गोठबाट हतियार बरामद भएको हो ।

लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी) र सोमा लाग्ने १३ थान म्यागजिन बरामद भएको छ । साथै उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले उक्त हतियार बरामद गरेको बताइन्छ ।

विप्लव समूहले दाङ र कपिलवस्तुको सीमा हुँदै हातहतियार स्थानान्तरण गर्दैछ भन्ने सूचनाका आधारमा कात्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले दावी गरेको छ । यद्दपी उक्त हतियार विप्लव समूहकै हो भन्ने पुष्टि हुन सकेका छैन ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार ०६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ