उपप्रधानमन्त्री उपेन्द्र यादब किन लागे दिल्लीतर्फ ?


काठमाडौं, २ मंसिर । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका छन् । स्वास्थ्य सम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनले सोमबार दिउँसो दिल्लीतर्फ लागेका हुन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादव पार्टीको केन्द्रीय समिति बैठक सकिएलगत्तै दिल्ली प्रस्थान गरेका छन् । उनी अगामी आगामी शुक्रबारसम्म दिल्लीमै रहने बताइएको छ । दिल्लीमा राजनीतिक भेटघाट समेत गर्ने स्रोतको दावी छ ।

प्रकाशित : २०७६ मंसिर २, सोमबार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ