जनकपुरमा नशालु ट्याब्लेट बोकेका महतो पक्राउ


जनकपुर, ३ मंसिर । धनुषाको धनौजी गाउँपालिका ४ भडहरीयाबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १ हजार ५ सय ट्यावलेट सहित जनकपुरधाम उपमहानगरपालिका २ कदमचोक बस्ने धनुषाधाम नगरपालिका ५ घर भएका २३ वर्षीय चन्देश्वर महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त ट्यावलेट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ