Breaking- वडाअध्यक्ष साह घुस रकमसहित अख्तियारमा फन्दामा


मोरङ, ३ मंसिर । जिल्लाको जहदा गाउँपालिका १ का वडाअध्यक्ष उमेशकुमार साहलाई घुस रकमसहित अख्तियारको टोलीले आज पक्राउ गरेको छ ।

स्थानीय हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरी दिने भन्दै २१ हजार घुस लिँदालिँदै वडाध्यक्ष साह पक्राउ परेका हुन् । उनलाई सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले पक्राउ गरेको छ ।

घुस रकम बुझिसकेको अवस्थामा बुधनगरमा रहेको वडा कार्यालयबाटै पक्राउ परेका वडाध्यक्ष साहलाई अख्तियारले आफ्नो कार्यालय लगिएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ