राजपा अध्यक्ष मण्डल संयोजकमा राजेन्द्र महतो


काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । बिहीबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजक महतोलाई दिइएको हो ।

बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधान अनुसार आलोपालो प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ ।

केन्द्रीय पर्यवेक्षकहरूलाई मंसिर ३० गतेसम्म पर्यवेक्षकहरूको बैठकमा कागजातसहितको प्रतिवेदन लिई कार्यालय आउन निर्देशन दिइएको छ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ