जनकपुरकी छात्राहरुले पाइन् तीन वर्षसम्म प्रयोग गर्ने सेनेटरी प्याड, खुःशीले गदगद !


जनकपुरधाम, ५ मंसिर । जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयकी छात्राहरुलाई तीन वर्षसम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड वितरण गरिएको छ ।

रोटरी क्लव बर्दिबासले उक्त विद्यालयको कक्षा ७, ८, ९ र १० मा अध्ययनरत ३ सय छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो । छात्राहरुलाई प्याडसँगै पेन्टी, साबुन र रुमाल समेत उपलब्ध गराएको छ । बजारमा पाइने सेनेटरी प्याड एक पटक मात्र प्रयोग गर्न पाइन्छ । तर क्लवको दिएको प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

संस्थाकी अम्बिका बस्नेतले छात्राहरुलाई सेनेटरी प्याड तीन वर्षसम्म कसरी प्रयोग गर्ने विषयमा जानकारी गराइन् । उनले एक पटक प्याड प्रयोग गरिसकेपछि सावुनले सफासँग धोएर चर्को घाममा सुकाउन सुझाव दिइन् । उनले घाममा प्याड र पेन्टी सुकाउन लाज नमान्न समेत आग्रह गरिन् ।

रोटरी क्लवले दिएको प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जानकारी पाएपछि खुसी लागेको छात्राहरुको भनाई छ । तीन वर्षसम्म एउटै प्याड प्रयोग गर्न पाइने भएपछि आर्थिक भार समेत घट्नेछ । उक्त प्याडले गरिब र विपन्न छात्राहरुलाई अत्यधिक फाइदा पुगेको छ ।

सिनेटरी प्याड वितरण कार्यक्रममा क्वलका बर्दिबास अध्यक्ष शम्भु प्रसाद भट्टराई, अभिसेक झुनझुनावाला र विजेता झा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार ०२:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ