प्रभु साह भन्छन्– मन्त्रिमण्डल हरेरफेर लेनदेनमा आधारमा भयो


काठमाडौं, ५ मंसिर । लेनदेनको आधारमा मन्त्रिमण्डल हेरफेर गरेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले कडा विरोध गरेका छन् । उनले गुटगत पूर्वाग्रहले मन्त्री बनाएको पनि बताएका हुन् ।

मन्त्रिमण्डल पुनर्गठन विषयमा उनले भने, ‘कार्यसम्पादनको आधारमा पुनर्गठन हुनु पर्ने हो । तर त्यसो भएको देखिएन । गुटगत पूर्वाग्राह र लेनदेनको आधारमा पुनर्गठन गरिएको छ ।’ मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन– उनले थपे ।

नेता साहले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले लज्जित बनाएको समेत बताएका छन् । स्रोतका अनुसार उनी उधोग, बाणिज्य तथा आपूर्ती मन्त्रीका आकांक्षी थिए ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार ०४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ