सर्लाहीमा वनमौरीले टोक्दा तीन वर्षीय बालकको मृत्यू, आमासहित पाँच घाईते


सर्लाही, ५ मंसिर । वनमौरीको टोकाइबाट तीन वर्षीय एक बच्चाको मृत्यू भएको छ भने पाँच जना घाईते भएका छन् । बुधबार साँझ वनमौरीले टोक्दा मलङ्गवा ७ मुसैली घर भएका गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो ।

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र उनकै अर्को चार वर्षीय छोरा रविकुमार राय, सोही ठाउँका २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएको प्रहरीले जनाएको छ ।

मुसैलीस्थित खेतमा काम गर्ने क्रममा उनीहरुलाई वनमौरीले टोकेको थियो । लगत्तै उनीहरुलाई उपचारका लागि मलङ्गवा अस्पताल लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि घाईतेहरुलाई वीरगञ्ज पठाउने तयारी गरेको छ ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार ०५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ