जनकपुरमा एक महिलाले जन्माइन् तिमल्याहा बच्चा


जनकपुरधाम, ५ मंसिर । जनकपुरमा एक महिलाले बिहीबार तिम्ल्याहा बच्चा जन्माएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका १ बस्ने बजरंग प्रसाद जयसवालकी श्रीमती २६ वर्षीया अनिष जयसवालले बिहीबार तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।

बुधबार सुत्केरी बेथा लागेपछि उपचारका लागि ल्याइएकी अनिषाले बिहीबार बिहान बच्चा जन्माएको धनुषा अस्पतालले जनाएको छ । आमा र बच्चाहरुको स्वास्थ्य अवस्था समान्य रहेको शल्यक्रिया गर्ने चिकित्सक वृजमोहन रजकले बताए ।

उनका अनुसार बच्चाहरुको तौल क्रमस २ किलो, १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम छन् । एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआइसियुमा राखिएको अस्पतालले जनाएको छ ।

बच्चाका पिता बजरंगले आफ्नो पत्नीले तिनवटा बच्चा जन्म दिएकोले आफु धेरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ