बारामा विद्युत प्राधिकरणका कर्मचारी ९ हजार घुस लिदालिदै पक्राउ


बारा, ५ मंसिर । नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलेक्ट्रिक हेल्पर राजदेव महतो कोइरी छन् । उनले सेवाग्राहीबाट ९ हजार रुपैया घुस लिदैगर्दा अख्तियारको कार्यालय हेटौंडाबाट खटेको टोलीले पक्राउ गरेको छ ।

महतोले कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित चिया पसलबाट पक्राउ परेको र आवश्यक कारबाही सुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार १२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ