सिरहा मालपोतका प्रमुख ५ लाख घुससहित पक्राउ


जनकपुरधाम, ६ मंसिर । सिरहा मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कार्यालय प्रमुख रामबाबु मण्डललाई ५ लाख घुसहित पक्राउ गरेको हो ।

मण्डलले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । त्यसपछि अख्तियारको टोली उनलाई निगरानीमा राखेको थियो । आज सेवाग्राहीले घुस दिएलगत्तै प्रमुख मण्डललाई पक्राउ गरिएको छ ।

कार्यालय भित्रैबाट पक्राउ गरिएका प्रमुख मण्डललाई आवश्यक कारबाहीका लागि बर्दिबास लग्ने तयारी गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ