जनकपुरमा महतोलाई भव्य स्वागत, भने– महन्थ ठाकुरलाई सभामुख बनाउने कुरा ‘वाहियात’


जनकपुरधाम, ६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक राजेन्द्र महतोलाई आज जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई नेता तथा कार्यकर्ताहरुले विमानस्थलमै स्वागत गरेका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा प्रचार प्रसारका लागि जाने क्रममा जनकपुर विमानस्थल आइपुगकेका राजपा संयोजक महतोले सरकारमा जाने कुनै सम्भावना नरहेको बताए । उनले नेता महन्थ ठाकुरलाई सभामुख बनाउने चर्चा वाहिवात कुरा भएको पनि बताए ।

उनले समाजवादी पार्टीले सरकारबाट नबाहिरिएकै कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको पनि बताए । उनले समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि एकता हुने विश्वास दिलाए । भने– सरकारमा बसेर वैकल्पिक शक्ति निर्माण हुन सक्दैन । त्यसैले सरकार छाडेर एकता गरी वैकल्पिक शक्ति बनाउनुपर्छ ।

प्रकाशित : २०७६ मंसिर ६, शुक्रबार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ