रेणु यादबले भनिन्– प्रधानमन्त्री ओलीको शैली हिटलरको जस्तो


काठमाडौं, ७ मंसिर । सत्तारुढ समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादबले प्रधानमन्त्री ओलीको शैली हिटलरको जस्तो भएको बताएकी छन् । ओलीले दुई दिन अगाडी गरको मन्त्रिमण्डल पुनर्गठनप्रति आक्रोस पाख्दै उनले ओलीले हिटलरवादी शैली अपनाएको बताएकी हुन् ।

उनले प्रधानमन्त्रीज्यूमा मै सबथोक हुँ भन्ने सोचाइ देखिको समेत बताएकी छन् । एक अनलाइनलाई दिएको अन्तरवार्तामा उनले भनेकी छन्, ‘प्रधानमन्त्रीको हिटलरको जस्तो शैली देखियो । यसले गलत सन्देश गएको छ । यसले सरकारको उचाइ घटेको छ, बढेको छैन ।’

प्रधामन्त्रीको शैली समाजवादी पार्टीका लागि मात्र नभएर समग्र राजनीतिकै लागि सोचनीय विषय भएको समेत बताइन् । उनले राजनीतिमा मात्रै नभएर व्यवहारिक जीवनमा पनि प्रधामन्त्रीको शैली राम्रो नहुने धारणा राखेकी छन् ।

एक फरक प्रसँगमा राजपासँगको एकता गर्ने विषयमा राजपाका ६ जना नेता व्यवस्थापन गर्नु नै समस्या भएको बताएकी छन् । राजपासँग पार्टी मिलाउन तयार नै रहेको उनको भनाई छ ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ०५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ