काठमाडौँमा आज रंगभेदविरुद्धको सभा हुँदै, सीके राउत प्रमुख वक्ता


काठमाडौँ, ७ मंसिर । रंगभेद विरुद्ध डा. सीके राउतको जनमत पार्टीले आज (शनिबार) काठमाडौँमा सभा तथा झाँकी प्रदर्शन गर्दैछ । रंगभेद विरुद्धको अभियान स्वरुप आयोजना गरिएको यो कार्यक्रममा पार्टी अध्यक्ष सीके राउत प्रमुख वक्ता रहने छन् ।

राजनीतिक उद्देश्यका लागि नभई मानवीय भावनाले आयोजना गरिएको कार्यक्रमलाई रंगभेदविरुद्ध एकतासभा तथा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन नाम दिइएको छ । कुनै पनि व्यक्तिमाथि उसको छालाको रंगकै आधारमा विभेद हुन नहुने र यो दण्डनीय अपराध रहेकाले त्यसप्रति सचेतना जगाउनका लागि कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

डा.राउत केही महिनाअघि सरकारसँग सम्झौता गरी मुलधारको राजनीतिमा आउन सहमत भएका थिए । त्यसपछि उनले जनमत पार्टी दर्ता गराएका थिए । त्यसअघि उनले मधेसलाई नेपालबाट अलग गर्नु पर्ने बताउँदै आएका थिए । यस्तै उनले आफ्नो धारणा विपरित रहेका व्यक्ति तथा नेताहरुलाई ‘अभद्र’ भाषाको प्रयोग गरेर गाली गर्ने गरेका थिए ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ०५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ