रौतहट: भारतीय टेम्पो संचालनमा रोक लगाउन आदेश


रौतहट,७ मंसिर। रौतहट सदरमुकाम गौरमा भारतीय टेम्पोलाई संचालनमा रोक लगाइएको छ ।

गौर र भारतीय बजार बैरगनीयामा संचालन हुँदै आएको तीन पांग्रे टेम्पु संचालनमा रोक लगाउन उच्च अदालत जनकपुरको अस्थायी ईजलास बिरगजंले रोक लगाएको हो ।

यसक्षेत्रमा चल्दै आएको तीन पांग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर लक्ष्मी मोटर्स प्रालिा बिरगंजका प्रोपराइटर अरुण कुश्वाहाले मुद्दा दायर गरेका थिए ।

न्यायाधिशद्वय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले व्यावसायिक प्रयोजनका लागि टेम्पो संचालन गर्न रोक लगाउने आदेश दिएको हो ।

करीब ५० भन्दा बढी भारतीय नम्बर प्लेटका टेम्पोहरु बिना भन्सार गौर आवत जावत गर्ने र रात्रीको समयमा गौर क्षेत्रमा राख्ने गरिएको थियो । जिल्ला भन्सार कार्यालय गौरका अधिकृत आशुतोष राईले अदालतको आदेशपछि भारतिय नम्बर प्लेटका टेम्पोहरु संचालनमा रोक लाग्ने बताए ।

एक दशक देखि संचालनमा रहेका भारतीय नम्बरको तीन पांग्रे टेम्पोलाई उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगजंले रोक लगाएपछि गौरका नेपाली टेम्पु व्यावसायीहरुलाई भने राहत मिलेको छ ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ