एक इन्च पनि भूमि छोड्दैनौं : प्रचण्ड


बागलुङ, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको एक इन्च पनि भूमि भारतलाई नछोड्ने बताएका छन् ।

शनिबार बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि फिर्ता गर्न भारतसँग राजनीतिक र कूटनीतिक पहल सुरु भइसकेको बताए ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकालीपूर्वको भू–भाग भएको उल्लेख गरे ।

नेपाली भूमिको अतिक्रमण आफूहरुलाई मान्य नहुने उनले स्पस्ट पारे ।

एक फरक प्रसंगमा उनले मुलुकमा अबको तीन वर्षमा विकासले फड्को मार्ने दाबी गरे ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ