विवाह पंचमी महोत्सवको तयारी तिव्र


जनकपुरधाम, ७ मंसिर । जनकपुरमा विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ ।

मंसिर १० देखि १६ गतेसम्म जनकपुरधामस्थित जानकी मन्दिरले साताव्यापी भव्य विवाह महोत्सव आयोजना गरेको छ ।

जनकपुरमा प्रत्येक वर्ष मंसिरको विवाह पञ्चमीमा भगवान् राम र जानकीको विवाह महोत्सव कार्यक्रम आयोजना हुन्छ ।

भारतको अयोध्याबाट महन्थ र साधु समाजले भगवान् रामका बुवा दशरथको भूमिका निर्वाह गर्छन् भने जनकपुरको जानकी मन्दिरका महन्थ राजा जनकको भूमिका निर्वाह गर्छन् ।

जनकपुरकै राम मन्दिरका महन्थले पनि राजा दशरथको भूमिका निर्वाह गर्छन् । राम र जानकीको झाँकी बनाएर विवाह गरिने परम्परा छ ।

प्रकाशित : २०७६ मंसिर ७, शनिबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ