नयाँबानेश्वरमा सडक दुर्घटना हुँदा सिभिल हस्पिटलका डाक्टरको मृत्यु


काठमाडौं, ८ मंसिर। काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ७२ वर्षीय प्रभु जोशी रहेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुने जनाएको छ।

संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए । डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको हवल्दार साहीले बताए।

तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने सवारी चालकको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए।

प्रकाशित : २०७६ मंसिर ८, आईतवार ०४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ