सिरहाको बरियारपट्टीमा जन जागरणको अन्तरक्रिया


जयनाथ यादब / लहान, ८ मंसिर । सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय सरकारबारे हाम्रो दृष्टिकोण विषयमा जन जागरण संघले अन्तरक्रिया गरेको छ । गाउँपालिकामा भइरहेको विकास निर्माणलाई लक्षित गरेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सबै पार्टीका प्रतिनिधि र स्थानीय भरभलादमी तथा यूवाहरुको सहभागीता रहेको थियो । उनीहरुले स्थानीय सरकार भएपनि विकासको प्रत्याभुति गर्न नपाएको सो अन्तरक्रियामा वक्ताहरुले गुनासो गरेका छन् । उनीहरुले न शिक्षा न स्वास्थयमा सुधार भएको धारणा राखेका छन् ।

जनप्रतिनिधिहरुले पारदर्शी रुपमा काम नगर्ने गरेको समेत उनीहरुको गुनासो थियो । अन्तरक्रियामा आयोजक संघको अध्यक्ष उपेन्द्र प्रसाद यादबले जनताको भावना अनुसार जनप्रतिनिधिहरुले काम नगरेको गुनासो पोखे । उनले गाउँपालिकाबाट हुने विकास निर्माणको काम पारदर्शी हुनुपर्नेमा जोड दिए ।

गाउँपालिकामा भइरहेको अनियमितता रोक्न संघले जनप्रतिनिधिहरुलाई घचघच्याउने काम गर्ने जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ८, आईतवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ