जनकपुरमा महिला सम्मेलन, महिला हिंसा रोक्न ऐन बनाउँदैछौं : मन्त्री यादब


जनकपुरधाम, १० मंसिर । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत जनकपुरमा सोमवारदेखि प्रदेश स्तरीय महिला सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले गरेका हुन् । सम्मेलनमा प्रदेश २ का आठै जिल्लाका सयौं महिलाको सहभागिता रहेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सम्मेलन मंगलवारसम्म चल्नेछ ।

सम्मेलनमा मन्त्री यादब महिला अधिकारका लागि प्रदेश सरकारले ऐन बनाउन लागेको जानकारी दिए । ऐन बनाउन ड्राफ्ट तयारभइसकेको र छिट्टै ऐन बन्ने विश्वास व्यक्त गरे । उनले हिंसा रोक्नकै लागि महिलालाई हरेक निकायमा ५० प्रतिशत आरक्षणको व्यवस्था प्रदेश सरकार गर्ने पनि बताए ।

https://www.youtube.com/watch?v=OGvxkURrrv4

सम्मेलनबाट महिला अधिकारको सवालमा घोषणपत्र समेत जारी गरिने दलित जनकल्याण युवा क्लव लहान, सिरहाका अध्यक्ष विनोद विसुन्केले जानकारी दिए ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ०१:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ