जनकपुरमा आजबाटै विवाह पञ्चमी सुरु हुँदै, राष्ट्रिय विदा दिन ओली सरकारसँग माग


जनकपुरधाम, १० मंसिर । सीता-राम विवाह महोत्सवको अवसरमा राष्ट्रिय विदा दिन संघीय सरकारसँग जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामतपेश्वर दास वैष्णवले माग गरेका छन् ।

सोमबार मन्दिर परिसरमै उत्तराधिकारी महन्थ वैष्णवले पत्रकार सम्मेलन गरी राष्ट्रिय विदा दिन माग गरेका हुन । उनले राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएकोले विवाह पञ्चमीका दिन राष्ट्रिय विदा दिनुपर्ने जनकपुरधामबासीको माग रहेको पनि बताए ।

महन्थ वैष्णवले विवाह पञ्चमी अन्तर्राष्ट्रिय रुपमा परिचित रहेकोले राष्ट्रिय विदा दिनुर्ने समेत तर्क गरे । उनले विदाका लागि प्रधानमन्त्री र गृह मन्त्रालयमा पत्र समेत पठाएको र विभिन्न ठाउँमा समेत पहल गरिरहेको बताए । उनले भने, ‘पत्र पठाएको एकसाता बढी भयो । तर अहिलेसम्म विदा दिनेरनदिनेबारे जानकारी प्राप्त भएको छैन ।’

https://www.youtube.com/watch?v=OGvxkURrrv4

विवाह पञ्चमीको मुख्य दिन मंसिर १५ गते विदा दिनुपर्ने उनको भनाई छ । विवाह पञ्चमीमा सहभागी हुन मंसिर १३ गते राष्ट्रपति विदादेवी भण्डारी आउने पक्का भएको उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए । उनले भारतीय गृहमन्त्री अमित साह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत जन्तीका रुपमा आउन आग्रह गरेको तर आउनेरनआउने औपचारिक जानकारी प्राप्त नभएको बताए ।

यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको छ। तर भोलिदेखि नै विधिवत रुपमा महोत्सव सुरु हुँदैछ। आज मंसिर १० गते पहिलो दिन नगर दर्शन, मंसिर ११ गते फूलवारी लिला, १३ गते तिलकोत्सव, १४ गते मतकोर, १५ गते स्वयम्बर हुने छ । मंसिर १६ गते रामकलेवापछि विवाह पञ्चमी सम्पन्न हुन्छ ।

यसवर्ष भारतको अयोध्याबाट जन्ती समेत आउन लागेको छ । मंसिर १३ गते आउने जन्तीलाई रंगभूमि मैदानमा भव्य स्वागत गरिने उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए । उनका अनुसार विवाहपञ्चमीको तयारी तीब्र रुपमा भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार ०१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ