प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो


काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।

प्रधानमन्त्री ओलीलाई भर्खरै मात्र भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले बताएको छ।

‘भर्खरै मात्र भेन्टिलेटर हटाइएको छ’,अस्पताल श्रोतले भन्यो,’प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।’

त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो ।

प्रकाशित : २०७६ मंसिर ११, बुधबार ०२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ