विवाह पञ्चमी महोत्सव : अयोध्याबाट हिडेका जन्ती आजै जनकपुर आइपुग्ने


जनकपुरधाम, १२ मंसिर । भारतको अयोध्याबाट हिडेका जन्ती आजै जनकपुरधाम आइपुग्ने भएको छ । आज विहान महोत्तरीको मटिहानी आइपुगका जन्तीलाई भव्य स्वागत गरिएको छ ।

भारतको उत्तर प्रदेशमा पर्ने राम जन्मभुमि अयोध्याबाट करिब ५ सय जन्ती आउँदैछन् । विशेष झाँकीसहित जन्ती आउन लागेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले जानकारी दिए ।

विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन जनकपुरमा साँझ धनुष यज्ञको आयोजना गरिदैछ । त्यसअघि आइपुग्ने जन्तीलाई रंगभुमि मैदानमा भव्य स्वागत गरिनेछ । भोली जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारी स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७६ मंसिर १२, बिहीबार ०६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ