सिरहामा शान्तिपूर्ण रुपमा मतदान जारी


लहान, १४ मंसिर । सिरहाको कल्याणपुर नगरपालिका १२ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बिष्णुचरण श्रेष्ठ माविमा बिहान १० बजेसम्म तीन सय ७९ महिला र दुई सय ८८ पुरुष गरि जम्मा ६ सय ६७ मत खसेकाे छ ।

यस्तै आधारभूत विद्यालय तिलासिमा ८९ महिला र एक सय पाँच पुरुष गरि एक सय ९४ मत खसेकाे छ । मतदान केन्द्रमा महिलाको संख्या बढी देखिएको छ । सिरहामा कल्याणपुर १२ को वडा अध्यक्ष पदको लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित : २०७६ मंसिर १४, शनिबार ०६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ