सिरहाको कल्याणपुर १२ मा नेकपाका दिलीप विजयी


सिरहा, १५ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिलिप कुमारयादव विजयी भएका छन् । यादव कुल खसेको मतको आठ सय २५ मतसहित विजयी भएका हुन् ।

यादव निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतो भन्दा एक सय ७१ बढी मतको अग्रतासहित विजयी भएका हुन् । महतोले छ सय ५४ मत प्राप्त गरेका छन् । वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रेसका राजकुमार मुखियाले छ सय १५ मत पाएका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार मो. अताउल रहमानलले एक सय ६० मत पाएका छन् ।

तिलासी बेलहा र बेलहास्थित विष्णुचरण आधारभूत विद्यालय गरी चार मतदान केन्द्रमा शनिबार सम्पन्न मतदानमा तीन हजार चार सय ५० मतदातामध्ये दुई जार चार सय ८० मत (७१.८८ प्रतिशत) खसेको थियो । पहिलो स्थानीय तहको निर्वाचनमा कल्याणपुर १२ मा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ मा मृत्यु भएपछि रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

वडाध्यक्ष पदका लागि विजेतासहित आठ जना दलीय र पाँच जना स्वतन्त्रसहित १३ जना प्रत्याशी थिए। पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा तेस्रो, राजपा निकटतम् प्रतिद्वन्द्वी रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ०३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ