जनकपुर : विवाह पंचमीका श्रद्धालुलाई लुट्न खोज्ने ५५ पाकेटमार पक्राउ


जनकपुरधाम, १५ मंसिर । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका श्रद्धालुलाई लुट्न खोज्ने ५५ पाकेटमार पक्राउ परेका छन् । शनिबार रातिदेखि अहिलेसम्म नेपाल प्रहरीले ४२ जना र सशस्त्र प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।

सशस्त्रले पक्राउ गरेका सबै महिला छन् । शसस्त्रका एसपी राजेश उप्रेतीले भीडभाडमा पाकेटमारी गर्ने प्रयास गर्दा सादा पोसाकमा खटेका टोलीले उनीहरूलाई पक्राउ गरेको बताए। उनले भने, ‘कतिपय महिला बच्चा बोकेर हिड्छन् र मौका मिलेपछि पोकेट मार्ने गरेको खुलेको छ ।’

यस्तै, नेपाल प्रहरीले पक्राउ गरेका ४२ जनामध्ये १८ जना महिला छन् । पक्राउ परेका पाकेटमारलाई आवयक कारबाहीका लागि हिरासतमा राखिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू भीडभाडमा विशेषगरी श्रद्धालुको रकम र सुनचाँदीका गरगहना लुट्ने गर्छन् । जनकपुरमा करिब ४ हजार सुरक्षाकर्मी परिचालित छन् । यसबाहेक पाकेटमारी नियन्त्रण गर्न सादा पोसाकमा समेत सयौँ प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ