विवाह पञ्चमीको अवसरमा बलान नदीमा गोरु दौड प्रतियोगिता सम्पन्न


जयनाथ यादब/ लहान, १६ मंसिर । विवाह पञ्चमीको अवसरमा आईतवार सिरहामा गोरुदौड प्रतियोगिता भएको छ । सिरहाको बलान नदीमा गोरुदौड प्रतियोगिता भएको हो ।

बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोगना गरिन्छ । दौड प्रतियोगितामा दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी भए । उक्त प्रतियोगितामा बेल्ही सप्तरीका शुभ नारायण यादवको गोरु प्रथम भएको छ । सिरहा फुलबरीयाका सुनिल यादवको गोरु दोस्रो र सिरहाकै सिनुरियाका जिबछ यादब गोरु तेस्रो स्थान ल्याउन सफल भए ।

जित हासिल गरेका गोरुहरुलाई मनटिका, खुगुरु प्रदान गरियो । यस्तै गोरु धनीलाई गमछा, बालटिन, खैर १५ किलोले सम्मानित गरेको छ । प्रथम भएकालाई डेढ़ तौला चांदी पनि पुरस्कार प्रदान गरेको मेला समितिका अध्यक्ष राजेंद्र यादवले जानकारी दिए ।

https://www.youtube.com/watch?v=9ofwKJH46eM
प्रकाशित : २०७६ मंसिर १६, सोमबार ०२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ