अब बहुविवाह गर्ने सरकारी कर्मचारी बर्खास्त हुने


काठमाडौं, १६ मंसिर । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने तयारी गरेको छ ।

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रावधान थप गर्ने गरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्थाा लागू हुने भएको छ ।

सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासनमा समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको छ ।

प्रकाशित : २०७६ मंसिर १६, सोमबार ०३:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ