जनकपुरमा मारवाडीले पनि अयोध्याका जन्तीलाई गरे सम्मान


जनकपुरधाम, १७ मंसिर । विवाह पञ्चमीमा जन्तीको रुपमा भारतको अयोध्याबाट आएका साधु सन्तहरुलाई मारवाडी सेवा सदनले सम्मान गरेको छ । सोमवार साँझ एक कार्यक्रमको आयोजना गरी साधु सन्तहरुलाई सम्मान गरेको हो ।

मंसिर ११ गते अयोध्याका साधुसन्त जन्तीको रुपमा जनकपुरधाम आएका थिए । उनीहरुमध्ये अधिकांशले मारवाडी सेवा सदनमै बाँस बसे । उनीहरु भोजन समेत त्यही गरे । विवाह पञ्चमीको अन्तिम दिन साधुसन्तलाई सदनले सम्मान गरी औपचारिक रुपमा विदाइ गरिएको छ ।

समारोहमा बोल्दै मारवाडी महिला मंचकी अध्यक्ष बबिता सर्राफले रामभुमि अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न पाउँदा अत्यन्त खुसी भएको बताइन् । उनले भनिन्, ‘हामी स्वागत तथा सम्मान गर्न पाउँदा खुसी छौं । लाग्छ भगवान राम सरुवाली (जनकपुरधाम)मै रहिरहोस् ।’ उनले स्वागत तथा सत्कारमा केहि त्रुटी भएको भए माफ गर्न साधुसन्तसँग आग्रह गरिन् ।

यस्तै समारोहमा मारवाडी सेवा सदनका अध्यक्ष ललित बजाजले अयोध्याबाट जन्ती आएपछि हामी मिथिला तथा जनकपुरबासी धन्य धन्य भएको बताए । उनले जन्तीको रुपमा साधु सन्तहरुलाई स्वागत गर्ने मौका पाएकोमा गौरवान्वित महसुस गरेको बताए ।

यस्तै साँसद रामअशिष यादब र अयोध्याबाट आएका साधुसन्तहरु समेत सम्बोधन गरेका थिए । साधुसन्तहरुले यहाँबाट पाएको स्वागत तथा सम्मान कहिल्यै नबिर्सिने बताएका छन् । उनीहरु मिथिला र अबधको सम्बन्ध सधैं अटुट रहने पनि बताएका थिए ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार ०१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ