लहानमा गाँजासहित भारतीय नागरिक पक्राउ, प्रहरीको आँखा छलेर फरार महिला फन्दामा !


लहान, १७ मंसिर । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना २ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका ३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ