सप्तरी र बारासहित सात जिल्लामा नयाँ न्यायाधीश आउँदै


काठमाडौंं, १७ मंसिर । न्याय परिषदले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ । परिषदको मंगलबारको भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उप रजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उप रजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उप रजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन् । उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन् ।

त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन् । बैठकले पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ ।

भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा भएका छन् ।

आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन । सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे गत मंसिर ३ मा अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली छ ।

https://www.youtube.com/watch?v=yy0FB5w8U18
https://www.youtube.com/watch?v=GWGTfu8N7Ms
https://www.youtube.com/watch?v=9ofwKJH46eM
प्रकाशित : २०७६ मंसिर १७, मंगलवार १५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ