गढीमाई मेलामा उर्लियो मानव सागर, आज बोका बली (भिडियोसहित)


सिकेन्द्र पासवान/ कलैया, १८ मंसिर । बाराको गढीमाई मेलामा अहिलेसम्मकै सबै भन्दा बढी श्रद्धालुभक्तजन भीड लागेको छ । नेपाल र भारत गरि करिब ६० लाख श्रद्धालुभतmजन मेलामा सहभागी भएको मन्दिरका मुख्य पुजारी मंगल चौधरीले बताए ।

मेला भर्न आएका श्रद्धालुभक्तजनले मन्दिरमा दर्शन पुजा गरेका छन । बुधबारसम्म करिब १ करोड भतmजनहरुले मेला भर्ने अनुमान गरिएको छ । मन्दिर आउने ९ वटा बाटोहरुमा गाडी गुडने र पैदल हिडने भक्तजनको उतिकै भिड रहेको महागढीमाई नगरपालिका अन्तरगत रहेको पतरहटीका सन्तोष यादवले जानकारी बताए ।

भारतको दिल्ली, बुम्बई, कलकता, हैदरावाद, पटना, मोतिहारी दरभंगा, सितामडी, बेतिया, रक्सौल, नेपालको पुर्व मेचीदेखि महाकालीसम्म र सार्कका बंगलादेश, ढाका, पकिस्तान, बर्माका भक्तजनहरु अवलोकन गर्न आउने गरेको गमीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले दावी गरे ।

https://www.youtube.com/watch?v=8WUeEArnMXo

दर्शन पुजाका लागि गरिएको व्यवस्थापन फितलो साबित भएको छ । गढीमाइ मेलाको पश्चिम करिब २३ किलो मिटर वीरगंज र पुर्व करिब २८ किलो मिटर रौतहटको सिमाना अरुवा खोलासम्म गाडी पार्किब रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बोका बली आज

गढीमाई मन्दिरमा बुधबार (आज) बोकाको बली प्रदान गरिने पुजारी मंगल चौधरीले बताए । बली प्रदान कार्यक्रम बुधबार बिहान ४ बजेदेखि शुरु हुने पुजारी चौधरीले भने । बाहिरबाट आएका भक्तजनहरुले मंगलबार नै बोकाको बली दिई गणतब्यतिर फर्केका छन् ।

प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ