महोत्तरीमा पिकअप गाडी दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते


जनकपुरधाम, १८ मंसिर । महोत्तरीमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।

मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही तर्फबाट बर्दिबास आउँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भएर बर्दिबास नगरपालिका ५ मा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका २ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको महोत्तरी प्रहरीले जनाएको छ। उनीहरु सबैजना गढीमाई मेलाबाट फर्किरहेका थिए ।

https://www.youtube.com/watch?v=8WUeEArnMXo
https://www.youtube.com/watch?v=GpiZ9QBsBGw
प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ