सिरहामा प्रहरीको हिरासतबाट भागेका ७ मध्ये ३ थुनुवा फेरी फन्दामा


सिरहा, १८ मंसिर । इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई बुधबार पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

फरार रहेका अन्य ४ थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये ७ जना थुनुवा फरार भएका थिए ।

थुनुवा फरार भएको घटना छानबिन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन टोलीसमेत गठन गरिएको छ ।

https://www.youtube.com/watch?v=Vbq8XgvsU-o
https://www.youtube.com/watch?v=GpiZ9QBsBGw
प्रकाशित : २०७६ मंसिर १८, बुधबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ