महोत्तरी कारागारमा कैदीबन्दीलाई लागुऔषध सम्बन्धी सचेतनामूलक नाटक


महोत्तरी, १९ मंसिर । जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ‘‘लागुऔषध प्रयोग तथा यसबाट उत्पन्न हुने विभिन्न समस्या’’ नामक एकदिने जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।

जलेश्वर कारागार कार्यालयको आयोजनामा श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरद्वारा आज कारागारको गृहबन्दीमा सो नाटक प्रदर्शन गरिएको जेलर मकसुदन महासेठले बताए ।

उनले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारभित्र रहेका विभिन्न मुद्दाका ५२० कैदीबन्दीको आचरणमा सुधार ल्याउने उद्देश्यले सो नाटक प्रदर्शन गराइएको बताए ।

श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरबाट महिला, पुरुष गरी १५ जनाको सङ्ख्यामा आएका कालाकारले जलेश्वर कारागारभित्र दुई घण्टा निक्कै रोचक र प्रभावकारी ढङ्गले नाटक प्रदर्शन गरेको जेलर महासेठले बताए ।

सो नाटक हेरेपछि जलेश्वर कारागारभित्र रहेका कैदीबन्दी निक्कै प्रभावित बनेका तथा उनीहरु जेलपछिको जीवनमा लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता प्रकट गरेको मुख्य कैदी ९चौकीदार० रमेश सिंहले बताए । रासस

प्रकाशित : २०७६ मंसिर १९, बिहीबार ०२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ