गढीमाई मेला अव्यवस्थित, जताजतै पशुको आन्द्राभुँडी !


बारा, १९ मंसिर । बलिका लागि प्रसिद्ध मानिने गढीमाई मेलामा मंगलबारदेखि पशु बली सुरु भएको छ । महागढीमाई नगरपालिका–१ स्थित बरियारपुरमा एक महिने मेलाको १७ औं दिन पञ्चबलि दिएर सुरु भएको बलि बीहिबारसम्म चल्नेछ ।

मेलामा दश हजार भन्दा बढी बलि प्रदान हुने अनुमान गरिएको छ । तर, फोहर फाल्ने ठाउँको उचित व्यवस्थापन नहुँदा मन्दिर वरिपरीको ठाउँ अत्यन्तै फोहर एवं दुर्गन्धित बनेको हो । धार्मिक विधि अनुसार मुसा, कुखुरा, बोका, सुँगुर र राँगाको पञ्चबलि दिइएको थियो । तर, बलि दिइएको स्थानमा फोहर फाल्ने उचित व्यवस्थापन हुन नसक्दा पशुको आन्द्रा, भुँडी जताततै फालिएको हो । जसले गर्दा उक्त क्षेत्र अहिले अत्यन्तै फोहर एवं दुर्गन्धित बनेको छ ।

पञ्चवर्षीय गढीमाई मेला बलिका लागि प्रसिद्ध मानिए पनि सरोकार बलाको उदासिनताको कारण अहिले फोहर फाल्ने ठाउँको व्यवस्थापन हुन सकेको छैन् । नेपाल र भारतका लाखौं भक्तालुको उपस्थिति हुने गढीमाई मेलामा आफ्नो मनोकांक्षा पूरा भएको जन विश्वासमा भक्तजनले बलि चढाउने गरेका छन् ।

गढीमाई मेलामा ट्राफिक व्यवस्थापन पनि फितलो देखिएको छ । ट्राफिक व्यवस्थापन हुन नसक्दा भक्तजन एवं यात्रुहरुलाई निकै सास्ती भएको छ । ट्राफिक व्यवस्थापन फितलो देखिएपछि यात्रुहरुलाई निकै सास्ती भएको हो ।

प्रकाशित : २०७६ मंसिर १९, बिहीबार ०२:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ